Tuesday , November 21 2017

‘मन्दिरा’को ट्रेलरमा प्रेम, रोमान्स र बदला

एउटै घर भित्र सस्पेन्स थ्रीलर चलचित्रको छायांकन गर्न सकिएला ? नव-निर्देशक दीपेश सापकोटाले यो कुराको जवाफ चलचित्र ‘मन्दिरा’ मार्फत दिन खोजेका छन् ।
असार २ गतेबाट रिलिज हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन एउटै घर भित्र खिचिएको हो । चलचित्रको सस्पेन्स-थ्रीलर शैलीको ट्रेलर सार्वजनिक भएको हो ।ट्रेलरमा एक उपन्यासकार र उनको कथा भित्रका पात्रहरुको शैलीलाई निकै सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, धोका, बदलाको कथा देखाइएको छ ।यो चलचित्रमा नरेन खड्का, जे.वी.डी.सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदी, लक्ष्मी बस्नेतको साथमा नव-कलाकार बीनी पोख्रेली, विनिता ओलीको मुख्य भूमिका छ ।चलचित्रका निर्माता करुणा अर्याल र उज्ज्वल अर्याल हुन् । सन्तोष सेढाई सह-निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता हरि भट्ट हुन् । चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद छ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …