Sunday , October 22 2017

मायाको खोजी गर्दै बारसम्म पुगिन् रेनुका

गायिका रेनुका थापा मायाको खोजिमा रेष्टुरेन्टको बारसम्म पुगेकी छन्  । उनी आफ्नै ‘तिम्रो मायामा..’ बोलको गीतमाथि बनेको भिडियो अभिनयको शिलशिलामा रेष्टुरेन्टको बारमा पुगेकी हुन् । पप शैलीको गीतमा डान्सिङ भिडियो डान्सिङ प्याटनमा निर्माण गरिएको छ । भिडियोमा गायिका आफैले कोरसको साथमा आकर्षक नृत्य गरेकी छन् ।


भिडियो गम्भीर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा गायिका रेणुकाको साथमा गौरवले समेत मोडलिङ गरेका छन् । भिडियो पवन गौतमले  छायाँकन गरेका हुन् भने सम्पादन नविन निरौलाको रहेको छ । गीतमा गायिका रेनुकालाई गायक सन्तोष लामाले पनि गायनमा साथ दिएका छन्, भने शब्द, संगीत पनि गायिकाकै रहेको छ । गीतको एरेन्ज  सन्दीप कार्कीले गरेका हुन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …