Tuesday , January 23 2018

माल्भिका सुब्बाले गरीन (लेट मि ईन )को उद्घाटन

छाला सम्बन्धी सेवा दिने उदेश्यले राजधानीको नयाँ बानेश्वरमा खोलीएको (लेट मि ईन ) ब्युटी क्लिनको उद्घाटन पुर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी छिन् । सुब्बा सँगै नेपालका लागी दक्षीण कोरीयाका राजदुत पार्क योङ सिक,बैंकर रविना देशराजले पनि उद्घाटन कार्यमा सहयोगी काम गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै लेट मि ईन का प्रबन्ध निर्देशक डोङ सोमाले डण्डीफोर, चाँया, फेसीयल, छालाको दाग, कोठी, टाटु हटाउने र अनुहारलाई सफा बनाउने बताएका छन् । त्यसै क्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बाले पनि आफुले सधै कोरीयन सौन्र्दय सामाग्री नै प्रयोग गर्दै आईरहेको बताईन, उनले अगाडी थपीन्, कोरीयन सौन्र्दय सामाग्री अन्य देशका भन्दा धेरै स्तरीएको भएको पनि बताएकी छिन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …