Tuesday , August 22 2017

मिष्टर एण्ड मिस काठमाडौं हुने

एक्सपोज नेपालले सन् २००७ देखि नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिष्टर एण्ड मिस काठमाडौ’ले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।एक्सपोजले दुबै प्रतियोगिताका लागि एकसाथ आवेदन खुल्ला गरेको छ । सुन्दरता नाप्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगिता आयोजना गर्दै आएको एक्सपोजको यो प्रतियोगितामध्य ‘मिष्टर काठमाडौ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौ’मा १६ वर्षदेखि २८ वर्षसम्मका युवतीले सहभागिता जनाउन सक्नेछन् ।

युवायुवतीको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्यले नियमित रुपमा प्रतियोगिता आयोजना हुँदै आएको एक्पोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।बिभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिमस्पर्धा गर्न पाउने छन् । जसका लागि स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण समेत आयोजले दिनेछ ।प्रतिभावान र बौद्धिक ब्याक्तिको क्षमतालाई सबैसामु उजागर गर्ने मुख्य उदेश्य कार्यक्रमको रहेको एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …