Tuesday , November 21 2017

मिसेस नेपाल आइकनको ताज वर्षालाई

बिबाहित महिलाहरुबिच राजधानीमा आईतबार सम्पन्न सौन्दर्य प्रतियोगितामा टियु अन्र्तगतको वातावरण विज्ञानमा अध्ययनरत तथा ५ वर्षदेखि संयुक्त अपाङ्ग अवास केन्द्रमा स्वयमसेवीको रुपमा कार्यरत भक्तपुर कौशलटारकी वर्षा कार्की मिसेस नेपाल आइकन २०१७ भएकी छिन् । एएनपी मिडिया हाउसद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको निर्णायक प्रश्न यदि तपाई एक हप्ताको लागि यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नु भयो भने देशलाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने प्रश्नमा गहकिलो उत्तर दिादै वर्षा चौथो संस्करणको मिसेस नेपाल आईकन २०१७ भएकी हुन् ।वर्षाले भनिन्छ यदि तपाई राजनैतिक भाषणमा केहि चाहनु हुन्छ भने कुनै पुरुषलाई जिम्मेवारी दिनुस् । तर, यदि तपाई कुनै पनि कार्य पूर्ण भएको हेर्न चहानुहुन्छ भने कुनै महिलालाई जिम्मेवरी दिनुस् ।

त्यसैले यदि म एक हप्ताको लागि प्रधानमन्त्री भए भने सर्वप्रथम शिक्षालाई निस्शुल्क गर्थें । किनकी शिक्षा मानिसको आधारभूत अधिकार हो ।त्यसपछि म घरेलु तथा साना व्यवसयकर्तालाई करमा राहत दिई प्रोत्सान दिन्थें र लैङ्गीक विभेदका बिरुद्ध अभियान चलाउाथें। सागै, देशको हरेक कुना काप्चामा यथासंभव हरेक उपायले सामाजिक तथा आर्थिक रुपमा हरेक नागरिकको विकासको लागि जोड दिने थिएा भन्ने उत्तर दिएर निर्णायकहरुका साथ दर्शकको मन जिती उपाधि हासिल गरेकी हुन् ।वर्षा मिसेस नेपाल आइकन २०१७ का साथ बेष्ट स्पीच र बेष्ट परफरमेन्स उपउपाधिको विजेता पनि भइन् । विभिन्न ३० पेशाकर्मी र गृहिणीका बिच भएको अन्तिम स्पर्धामा जयन्ती श्रेष्ठ उप्रेती फष्ट रनर्सअपका साथ बेष्ट सिङ्गर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेष्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फीडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटी भइन् ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …