Tuesday , October 17 2017

मिसेस मंगोलको उपाधि भोजपुरी मेलिनालाई

‘मिसेस मंगोल नेपाल २०१७’ को ताज भोजपुरकी मिसेस मेलिना मोक्तानले हात पारेकी छिन् ।राष्ट्रिय नाचघरमा आयोजना भएको यो वर्षको ‘मिसेस मंगोल नेपाल’मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी हात पारेकी हुन् । फस्ट रनरअप सम्झना राई, सेकेन्ड रनरअप रन्जना राना मगर, थर्ड रनरअप चादनी श्रेष्ठ घोषित भईन ।विवाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरू तथा अबसरबाट बन्चित महिलाको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्ट लक्ष्मी शाही, बेस्ट फोटोजेनिक सरु श्रेष्ठ, बेस्ट डिसिप्लिनमा स्‍मृति बज्रचार्य, बेस्ट स्माईलमा बर्षा राई खड्गी, बेस्ट पर्सानालिटीमा सम्झना राइ, बेस्ट हेयरमा सितल पुन, बेस्ट कम्प्लेक्सनमा रन्जना राना मगर, मस्ट कन्फिडेन्समा सरिता राई, मस्ट स्टाईलिस्टमा सेन्सी राई, मस्ट एक्टिभमा चादनी श्रेष्ठ, मस्ट स्मार्टमा राधिका श्रेष्ठ, मस्ट चार्मिङमा सुनिता राना मगर, मस्ट ईन्टिलिजेन्टमा मेलिना मोक्तान, बेस्ट ड्रेस्समा सम्झना राई, मस्ट पपुलरमा रन्जना राना मगर र मिसेस पब्लिक चईसमा टाईटल बिजेता मेलिना मोक्तानले हात पारे ।कार्यक्रममा रमेश उप्रेती, संचारकर्मी करुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका जेनी कुँवर र मिस नेपाल २०१४ बिजेता सुबिन लिम्बु रहेका थिए

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …