Sunday , August 20 2017

मिस्टर एण्ड मिस कास्कीले देखाए ट्यालेन्ट

‘मिस्टर एण्ड मिस कास्की २०७४’को ट्यालेन्ट राउण्ड गरिएको छ । बिभिन्न चरणमा गरिएको ट्यालेन्ट राउण्डमा वर्षा गुरुङ र निकिता खड्की विजेता बनेका छन् । ब्ल्यु रे प्रोडक्सनद्धारा आयोजीत मोडलिङ रियालिटि सो अन्र्तगतको युवती तर्फको प्रतिष्पर्धामा २५ युवीतले भाग लिएका छन् । उनीहरुले फेसन सो तथा विभिन्न प्रतिभा समेत कार्यक्रममा देखाए ।

प्रतियोगीले  हरेक शनिबार ओजन लाउञ्ज बार लेकसाइडमा प्रतिष्पर्धामा भाग लिई अघिल्लो चरण प्रवेश गर्नुपर्छ । अन्तिम प्रतिष्पर्धा १५ युवा र १५ युवतीका बिच हुनेछ ।प्रतियोगीहरुको ग्राण्ड फिनाले आगामी १० भादमा पोखरामा हुदैछ । तीन जना नियमीत निर्णायक र थप दुईजना स्पेशल निर्णायकले उपाधि विजेता मिस्टर एण्ड मिस कास्की २०७४ छान्नेछन् ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …