Friday , February 23 2018

‘मिस तनहुँ’ का लागि ८ छनौट

‘मिस तनहुँ’ सिजन २ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए ।अडिसनबाट ८ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् ।


जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस तनहुँ’ सुरु भएको हो । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने  प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षणसहित फाइनलमा उत्रिने छन् । युवा पत्रकार पवन पौडेल, मिस कलेजकी विजेता केशिका श्रेष्ठ, इभेन्ट आयोजक तथा मोडेल सन्जु घलेले छनोट गरेका थिए ।मिस तनहुँ २०१७ को बिजेताले यामाहाको स्कुटर, ताज, प्रमाणपत्र, मायाको चिनो, मोडलिङ कन्ट्याक र म्युजिक भिडियो अफर समेत जित्न सक्नेछिन् ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …