Wednesday , November 22 2017

मेनुकाको तालुमा आलु

अभिनय गरेको लामो समयसम्म पनि मेनुका प्रधान धेरैको आँखामा पर्न सकेकी थिइनन् । उनको अभिनय चल्दा फिल्म चलेनन् र फिल्म चल्दा अभिनय चलेन ।  तर, यस्तो लाग्छ मेनुकाका दिन फिरेका छन् । उनी एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गएकी छिन् ।पछिल्लो समय उनी केकीलाई रिप्लेस गर्दै ‘महानगर’ मा अनुबन्ध भएकी छिन् भने जेठ अन्त्यबाट सुटिङ सुरु हुने ‘शेरबहादुर’मा पनि उनी महत्वपूर्ण  भूमिकामा छिन् । दुवै फिल्ममा मेनुका अभिनेता कर्मासँग देखिनेछिन् ।

अझ ‘महानगर’मा केकी अधिकारी खेल्ने पक्कापक्कीजस्तै थियो तर अन्तिममा खै के कुरा मिलेन ? केकीको ठाउँमा मेनुका ‘इन’ भइन् ।
मेनुकाको ‘लक’  फिल्म पाउने मामलामा मात्र हैन, रिलिजमा समेत देखिएको छ । जेठ १९ मा उनी अभिनीत दुई फिल्म एकैसाथ रिलिज हुँदैछन् । गिनिज रेकर्डमा नाम लेखाउने दौडमा रहेको ‘जालो’ र ‘रातो घर’ एकै दिन रिलिज हुँदैछन् । हिन्दीमा एउटा भनाइ छ, ‘भगवान् देता है तो छप्पर फाडके देता है’ । कतै मेनुकाले यसैगरी पाइरहेकी त हैनन् ?

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …