Tuesday , August 22 2017

मेरी कुसुमको प्रतिक्षामा पूजा

पूजा रिजाल अभिनित चलचित्र ‘मेरी कुसुम’ साउनको पहिलो साताबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा पूजाले आमाको भुमिका निर्बाह गरेकी छन् । फरक भुमिकामा अभिनय गरेको चलचित्रले आफ्नो अभिनय करिएर उकास्ने उनले बिस्वास लिएकी छन् । ‘उहिले बाजेको पालामा’बाट अभिनयमा डेब्यु गरेकी उनी भारतको चेन्नईमा जन्मिएकी हुन् । त्यही उनले बलिउड स्टार रजनीकान्तबाट अभिनयको छोटो प्रशिक्षण समेत लिएकी छन् । पूजाले चरित्र अभिनय गरिएको अर्को चलचित्र ‘कोइला’ पनि रिलिजको डेट कुरेर बसेको छ ।

‘कोइला’लाई प्रज्वल गिरीले निर्माण गरेका हुन् । पूजाले भनिन्, ‘कोइलामा मेरो दमदार अभिनय छ’ । सुकुम्बासीको कथा र मेरो अभिनयमा तालमेल मिलेको छ ।’पूजा भोजपुरी चलचित्रकी नायिका पनि हुन् । उनले भोजपुरी चलचित्र ‘दो दिवानी’मा नायिकाको भुमिका निर्बाह गरेकी थिइन् । उनी अहिले भोजपुरी चलचित्र ‘बुलिट रानी’को तयारी गर्दै छिन् । आफ्नो फिगर भोजपुरी चलचित्रका लागि म्याच गर्ने उनले बताइन् । हुन त उनी ‘मिथिला शर्मा’को नामले पनि परिचित छिन् । आफुले गरेको अभिनय मन पराउनेले यो नाम दिएको उनले बताइन् । एनआर घिमिरेले निर्देशन गरेको चलचित्र ‘मेरी कुसुम’मा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …