Tuesday , August 22 2017

मोडल हन्टमा ७० प्रतियोगीको स्पर्धा

‘मोडल हन्ट नेपाल २०१७’का लागि ७० प्रतियोगी छनौटमाा परेका छन् । राजधानीमा आयोजित प्ररम्भिक चरणको बिभिन्न अडिसनबाट यि प्रतियोगी छानिन सफल भएका हुन् । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा छानिएका प्रतियोगी अन्तिम स्पर्धाका लागि थापाथली स्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्ने छन् । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।


प्रतियोगीले अन्तिम स्पर्धामा र्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्पmमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।प्रतियोगीमा भारतका चर्चित कोरियोग्राफर मिलन एच.आर राइको बिषेश प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ । एच.आर यसैबर्षदेखि प्रतियोगीतामा जोडिएका हुन् ।प्रतियोगीताको बिजेताले नगद रु १ लाख, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने फेसन वल्र्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र अभिनय अवसर प्राप्त गर्न सक्नेछन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …