Sunday , August 20 2017

‘म यस्तो गीत गाउँछु’का कारण पुजालाई भ्याइ नभ्याइ

अभिनेत्री पुजा शर्मा अहिले निकै ब्यस्त रहेकी छन् । उनी निर्मित तथा अभिनय चलचित्र ‘म यस्तो गीत गाउछु’को रिलिज डेट नजिकिएपछि उनी ब्यस्त रहन पुगेकी हुन् ।चलचित्र प्रचारका लागि बिभिन्न मिडियामा अन्र्तवार्ता लगायतको कामले अहिले आफुलाई भ्याइ नभ्याइ भएको पुजाले बताइन् । चलचित्रमा पुजाको जोडी पल शाह रहेका छन् । पलसँगको आफ्नो कमेन्ट्री निकै मिलेको पुजाको भनाई रहेको छ । पुजा केही दिन अगाडि चलचित्रको प्रचारका लािग चितवन पुगेकी थिइन् । चितवनमा हात्ती चढ्दै चलचित्रको प्चार समेत गर्न उनले भ्याइन् ।


सुदर्शन थापाले निर्देशन गरेको चलचित्रले लभस्टोरी बिषय उठाएको छ । प्रेमकथा फरक तवरबाट चलचित्रमा पस्कने कोसिस गरेको निर्माण युनिटले जनाएको छ ।
पुजाले गतबर्ष प्रेम गीत नामक चलचित्र प्रदर्शनमा आएको थियो । यो चलचित्रबाट उनले सफलता हात पार्न सफल भइन् । यस चलचित्रमा उनी प्रदीप खड्काको जोडी बनेकी थिइन् । यो जोडी दर्शकले निकै मन पराएका थिए ।
चलचित्रमा सरोज खनाल रुपा राना, मोहन निरौला, राजाराम पौडेल, शिशिर राना लगायतको समेत अभिनय छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …