Wednesday , November 22 2017

‘म यस्तो गीत गाउँछु’ को नयाँ गीत रिलिज

बर्षको प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को नयाँ गीत रिलिज भएको छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको ‘किन आजकल तिम्रो मन’ बोलको गीत सार्वजनिक भएको हो। अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको आवाज र संगीत रहेको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

सार्वजनिक ट्रेलर र गीतबाट चलचित्रले निकै सकारात्मक प्रतिक्रिया बटुलीरहेको छ। पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र असार ३० गतेबाट रिलिज हुने तयारीमा रहेको छ। अडियो निकै रुचाईको ‘किन आजकल तिम्रो मन’ डान्सिङ बिटको गीत रहेको छ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …