Tuesday , November 21 2017

यसकारण पुगिन् अभिनेत्री श्रृष्टी अस्पताल

अभिनेत्री श्रृष्टी श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । दाहिने हातको नाडिमा गहिरो चोट लागेपछि उनलाई शनिबार पौने ४ बजे अस्पताल पुर्याइएको हो ।अचेत अवस्थामा अस्पताल पुर्याइएको उनको   शनिबार साँझ नै अप्रेसन गरिएको छ । नायिका श्रृष्टीको नाडीमा गहिरो घाउ लागेको छ ।श्रृष्टी श्रेष्ठ अहिले दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘लाउरे’को छायांकनमा व्यस्त थिइन् ।

श्रेष्ठका प्रेमी समेत रहेका अभिनेता सौगात मल्लले भने ‘लाउरे’ निर्माण युनिटलाई फोन गर्दै श्रृष्टिलाई १५ दिनको आराम चाहिएको बताएका छन् । श्रृिष्टको दराज लडेर हात भाच्चिएको भन्दै १५ दिन छुट्टी दिन उनले आग्रह गरेको निर्माण युनिटले जनाएको छ ।पूर्व मिस नेपाल श्रृष्टि अभिनित पहिलो डेब्यू फिल्म ’गाजलु’ गएको वर्ष रिलिज भएको थियो । उनी अभिनित अर्को फिल्म ’रोमियो एन्ड मुना’ चाँडै प्रदर्शनमा आउँदैछ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …