Tuesday , August 22 2017

यसरी पोखियो खगेन्द्रको पिडा ‘धनपति’मा

यही असार २३ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने (धनपति)को जिवन संघर्षलाई उजागर गरिएको छ। २०७२ सालको सर्वाधिक सफल चलचित्रको लिइएको चलचित्र ‘पशुपतिप्रसाद’का निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बनेको यस चलचित्रलाई  रोजिना सिटौलाले निर्माण गरेकी हुन्। यसका साथै चलचित्रमा ओम गुरुङ सहनिर्माताको रुपमा रहेका छन्।

सामाजिक स्थिती तथा देशको राजनितीक व्यवस्थाको कथामा आधारित यस चलचित्रमा नायक खगेन्द्र लामिछानेको लेखन रहेको छ। चलचित्रमा एउटा सोझा साझा जनतालाई राजनितीक दलहरुले आफ्नो स्वार्थका लागि कसरी प्रयोग गर्छन भन्ने देखाइएको छ। चलचित्रमा खगेन्द्रको साथमा सुरक्षा पन्त,मनिष निरौला,अशन्त शर्मा, सुरवि बर्तौला,हरिहर शर्मा,रवि गिरी,कमल देवकोटा,प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …