Wednesday , November 22 2017

यस्तो छ साम्राज्ञीको ‘तिमी सँग’को नयाँ गीत

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा नाजिर हुसेन र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘तिमी सँग’को नयाँ गीत सार्वजनिक भएको छ । ‘लड लडे समाउ मलाई ’ बोलको उक्त गीतमा साम्राज्ञी र आकाश श्रेष्ठको रोमान्स देख्न सकिन्छ ।गीत हिमाली भेगमा छायाँकन गरिएको छ ।

गीतमा संगीत राहुल मुखर्जी, रिदम कडेल र दिपक पाठकको रहेको छ, भने नृत्य कविराज गहतराजको  छ । शिशिर राणाले निर्देशन गरेको चलचित्र भदौ ८ मा रिलिज हुँदैछ । चलचित्र निर्देशक राणाले नै निर्माण गर्न लागेका हुन् । एनआरएन पर्यटक र नेपाली गाइड बिचको रमाइलो प्रेम कथा चलचित्र उठाएको छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …