Tuesday , November 21 2017

यस्तो बनेर आयो “संरक्षण” को आईटम गीत

आउदो साउन २७ गते देखि देशभर देखि प्रदर्शनमा आउन लागेको चलचित्र “संरक्षण” को नया गीत सार्वजनिक भएको छ । आईटम गीतको रुपमा निर्माण पक्षेले “किशोरीलाल” बोलको गीत सार्वजनिक गरेको हो । रोशन जनकपुरीको शब्द , प्रवेश मल्लिकको संगीत समावेश रहेको गीतमा रीतिका परमेश्वर , प्रवेश मल्लिक र प्रेम प्रकाश करणले स्वर दिएका छन् ।

गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । अलिक फरक शैलीमा भिडियोलाई तयार गरिएको हामी देख्न सक्छौ ।प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण पक्षे चलचित्रको प्रोमोसनमा लागिपरेको छ । मधेसको कथा उठाएको चलचित्र द्वन्दले भरिएको देखिन्छ । चलचित्रले केहि समय अगाडी नै आफ्नो ट्रेलर सार्वजनिक गरिसकेको छ । ट्रेलरले यति बेला राम्रो साथ पाइरहेको छ । देशको अपराधिक घटना क्रमको पनि चलचित्रमा सुन्दर मिश्रण गरिएको देखिन्छ । ट्रेलरको अनुसार चलचित्र धेरै रोमान्चक रहेको अनुमान लगाउन सकिन्छ ।

पुरनेन्दु झा को निर्देशनमा तयार भएको चलचित्रमा निखिल उप्रेती , सौगात मल्ल , रमेश रंजन , मलिना जोशी , अशिष्मा नकर्मी , प्रमोद अग्रहरी , कमेश कुमार , कृष्ण सिंह , रमेश बुढाथोकी , निर शाह , श्वेता शाह , नन्दु श्रीवास्तव , निर्देश श्रीवास्तव , राज कटुवाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । यस्तै चलचित्रमा पुरुषोतम प्रधानको छायांकन , हिमाल केसीको द्वन्द , सुरेन्द्र पौडेलको सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्रको निर्माता तर्फ भने प्रदीप कुमार उदय , नरेन्द्र महर्जनले , नन्दु श्रीवास्तव र श्वेता शाह रहेका छन् ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …