Sunday , October 22 2017

यस बर्षको मिस एसईईको उपाधी बन्सिकालाई , प्रब्जल बने मिस्टर एसईई

यसबर्षको मिस एसएलसी अर्थात एसइइको उपाधी ललितपुरकी बन्सिका गौतमले जितेकी छिन् । सेन्ट मेरिज माविबाट ३ दशमलव ६ जीपीय ल्याएर उनले यसबर्षको एसइइ उतीर्ण गरेकी हुन् । उनले २ बर्षे प्लस टु निःशुल्क अध्ययन गर्ने छात्रबृतिको अवसर प्राप्त गरेकी छिन् । मिस एसइइको उपाधीका साथै उनले बेष्ट सिंगर र मोष्ट ब्युटीफूलको उपाधी पनि हासिल  गरेकी छिन् ।

प्रतियोगितामा सिन्डी बज्राचार्य फष्ट रनर–रप, एकता चन्द सेकेन्ड रनर अफ, मनिता भण्डारी थर्ड रनर अप र प्रकृति भण्डारीले मोष्ट पपुलरको अवार्ड जितेका छन् । उनीहरुले पनि निःशुल्क प्लस टु अध्ययनको छात्रबृति पाएको रिबन इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष निशू झाले जानकारी दिए । यस्तै यसबर्षको मिस्टर एसइइको उपाधी चावेलका प्रन्सल लुङ्गेली मगरले जितेका छन् ।

यस्तै विवेक नगरकोटीले फस्ट रनर अप, निमेश तामाङले सेकेन्ड रनर अप र रोजन चेमजोङले मोष्ट पपुलरको उपाधी जितेका छन् । उनीहरुले पनि काठमाडौंका लिभरपुल, गोल्डेन गेट लगायतका कलेजमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृति पाएको अध्यक्ष झाले जानकारी दिए ।

यसबर्षको प्रतियोगितामा २८ छात्रा र १६ छात्र प्रतियोगितामा सहभागि भएका थिए ।  बालबालिको ब्यत्तित्व विकासका लागि यसखालको कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । रिबन इन्टरटेनमेन्ट प्रालिले ३ बर्षदेखि यस्तो कार्यक्रम गर्दै आएको छ ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …