Wednesday , November 22 2017

युनाईटेडकलीमा चढेर ‘म यस्तो गीत गाउँछु’को प्रचार

पछिल्लो समय नेपाली फिल्मको प्रचार- प्रसारमा फरक फरक शैली भित्रिरहेका छन् । सडकमा कन्सर्टदेखि विभिन्न उपहारका प्याकेजहरु फिल्मको प्रचार प्रसारको क्रममा निर्माण पक्षले ल्याउने गरेको छ । यसबाट असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको ‘म यस्तो गीत गाउँछु’ पछाडि पर्ने त कुरै भएन ।फिल्मको रिलिज नजिकिँदै गर्दा ‘म यस्तो गीत गाउँछु’ टीमले प्रचार-प्रसारमा नयाँ शैली उपनाएको छ । शुक्रवार चितवनको सौराहाबाट २ घण्टा बढी हिँडेर आएको युनाईटेडकली नामको हात्तिमा बसेर नायक पल शाह, नायिका पूजा शर्मा र नायक सरोज खनालले नारायणगढ बजार घुमे । उनीहरुको साथमा थिए निर्देशक शोभित बस्नेत पनि ।

नारायणगढ बजारमा हात्तिमा चढेर उनीहरुले दर्शकलाई हात हल्लाउँदै फिल्म हेर्न आग्रह गरेका थिए । नारायणगढको पुल्चोक पुग्ने वित्तिकै पानी दर्कियो तर यसको परबाह नगरि उनीहरुले प्रचार अभियान छाडेनन् ।‘चितवनको चर्कोगर्मीमा पानीले झन् मजा बनायो’, कलाकार सरोज खनालले अनुभव सुनाए । नारायणगढको पुल्चोबाट शुरु भएको यात्रा शहिरचोक, लायन्स चोक हुँदै पुनः पुल्चोकमा आएर टुंगिएको थियो । अहिले प्रचारप्रचारको क्रममा देश दौडाहामा लागेको फिल्म टोली पुर्वी नेपालबाट शुक्रवार चितवन हुँदै पश्चिम लागेको छ । शनिवार बुटवलमा कार्यक्रम छ ।

वर्ष २०७२ मा रिलिज भएको फिल्म ‘प्रेमगीत’मा समावेश शिर्ष गीत सापटी लिएर निर्माण भएको फिल्म ‘म यस्तो गीत गाउँछु’लाई ‘प्रेमगीत’ फेम निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्म ‘मेरो एउटा साथी छ’ देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशन गर्न माहिर देखिएका छन् ।फिल्ममा पूजा र पलका अलावा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् । यो फिल्मलाई सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …