Thursday , August 17 2017

राजन राज ले “कुटु मा कुटु,सुपारी दाना” लिएर आउदै

राजनराज सिवाकोटी नेपाली संगीतमा एकाएक चर्चा बटुलेको नाम हो । उनले निर्माण गरेका ‘सुर्के थैली खै’ र ‘पूर्व–पश्चिम रेल’ गीत निकै चर्चित भए । यी गीतले युट्युबमा नयाँ रेकर्ड नै बनाए । उनै सिवाकोटीले अब अर्को गीत बनाउँदै छन्, जुन बनिनसक्दा नै चर्चामा छ ।उनको नयाँ गीतको बोल छ, ‘कुटुमा कुटु सुपाडी दाना’ । यसमा सिवाकोटीसँगै गायिका मेलिना राईले स्वर दिएकी छिन् । गीतकार, संगीतकार तथा गायक सिवाकोटीले यो गीत फिल्म ‘दुई रुपैयाँ’का लागि तयार पार्न लागेका हुन् । फिल्म आगामी भदौ २३ गतेबाट प्रदर्शनमा आउनेछ ।


गीतको भिडियो छायांकन मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोकुलम् रिसोर्टमा गरिएको छ । गीतमा फिल्मका मुख्य पात्रहरू, स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ र आसिफ शाहले अभिनय गरेका छन् । चार दिनमा सुटिङ सकेर टोली काठमाडौं फर्किसकेको छ । गीत समावेश हुने फिल्म ‘दुई रुपैयाँ’का दृश्यहरू पनि झापा बिर्तामोडआसपासमै गरिएको छ । फिल्मको अर्को एउटा आइटम गीत भने ठमेलको एक रेस्टुरेन्टमा छायांकन भइसकेको फिल्मका निर्देशक आसिफ शाहले बताए । यी दुवै गीत जेठभित्रै सकेर फिल्म प्रमोसनका रूपमा युट्युबमार्फत सार्वजनिक गर्ने योजना रहेको  शाहले बताए ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …