Tuesday , October 17 2017

‘रुद्र’को फर्स्ट लुक सार्वजनिक, साउन १३ फिल्म रिलिज हुने

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘रुद्र’को फर्स्टलुक सार्वजनिक भएको छ। फर्स्टलुक पोस्टरमा निखिलसँगै फिल्मका अन्य २ मुख्य कलाकार विश्व शर्मा र सारा पनि देखिएका छन्। सारा र विश्‍वको केमेस्ट्री पोस्टरमा देखाइएको छ। यसअघि साउन २० गते प्रदर्शन हुने भनिएको यो फिल्मको रिलिज मिति भने फेरिएको छ। यो फिल्म साउन १३ गते नै रिलिज हुनेछ। साउन १३ गते नै अर्को बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-२’ रिलिज हुँदैछ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक कार्यक्रममा निर्देशक रामजी लामिछानेले कारणवस् फिल्मको रिलिज एक हप्ता अघि सरेको बताए।

फिल्मको प्रर्दशन मिति अघि सार्नुको पछाडि बलिउड स्टार शाहरुख खान अभिनित फिल्म आउनुलाई मानिएको छ। श्रावण २० अर्थात अगष्ट ४ मा शाहरुख र अनुष्का शर्मा स्टारर फिल्म ‘जब ह्यारी मिट सेजल’ प्रदर्शनमा आउने तय भएको छ। फिल्म ‘रुद्र’मा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेती पहिलो पटक भिलेन (खलपात्र)को भुमिकामा प्रस्तुत भएका छन्। हिमाल केसीको द्वन्द्व रहेको फिल्मलाई ‘लभ स्टोरी प्लस एक्सन’ फिल्म मानिएको छ। फिल्ममा निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ। ‘रुद्र’लाई सौरभ लामाले खिचेका हुन्।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …