Monday , August 21 2017

‘रुद्र’बाट साराले देखाइन् संभावना

नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारहरुको इन्ट्री दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय निर्माण भएका अधिकांश फिल्महरुमा अहिले नयाँ अनुहारको नै वर्चश्व देखिन्छ । केही पहिलो फिल्मबाट नै गुमनाम बनेका उदारहणहरु प्रशस्तै छन् भने कसैलाई पहिलो फिल्म नै करिअर चम्काउने मेशिन बन्न पुगेका छन् ।केही वर्षदेखि नयाँ अनुहारहरुले नेपाली फिल्म क्षेत्रमा आफ्नो राम्रो पकड बनाउन सफल भएका छन् । फिल्म क्षेत्रले पनि केही नयाँ अनुहारबाट ठूलो आश बोकेको छ । यस्तै, हाल प्रदर्शन भैरहेको फिल्म ‘रुद्र’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका सारालाई अहिले नेपाली फिल्ममा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।

फिल्म ‘रुद्र’ ले दर्शकहरुबाट मिश्रित प्रतिक्रिया बटुलेपनि सबैभन्दा बढी तारिफ नव—नायिका साराले पाएकी छिन् । उनको डाइलग डेलिभरी, सुन्दरता र अभिनयको अहिले सबैभन्दा बढी प्रशंसा भैरहेको छ । साराले ‘रुद्र’ बाहेक निखिलसँग फिल्म ‘पिँजडा ब्याक अगेन’मा पनि मुख्य भूमिका निर्वाहा गरेकी छिन् ।‘रुद्र’ को कथावस्तु र प्रस्तुतीकरण कमजोर भएपनि दर्शकहरुले साराको अभिनयबाट भने गज्जबकै मज्जा उठाउन सक्छन् । फिल्मको सबैभन्दा बलियो पक्ष नै साराको दमदार अभिनय हो । ‘रुद्र’ बाट साराले नेपाली फिल्ममा आफ्नो पकड बलियो बनाउनेमा शंका छैन । ‘रुद्र’ मा निखिल उप्रेती, सारा, विश्व शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …