Wednesday , November 22 2017

रुपचन्द्रको जीवनीमा बनेको ‘रुदाने’ यस्तो छ फष्टलुक

थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने :  बिद्रोहको नेपाली नाम’ को फष्टलुक सार्वजनिक गरिएको छ ।विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधबार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो । फष्टलुकमा दुई प्रकारका पोष्टर ल्याइएको छ । ति मध्य एकमा रुपचन्द्रको भुमिका निर्बाह गरेका अभिनेता दिब्यदेब अभियान प्रचार गर्दै गरेको अवस्थामा देखिएका छन् । अर्काे पनि अभिनयानको बिभिन्न झल्को दिने खालको सिम्बोलिक रहेको छ ।रुपचन्द्रको सिङगो जीवन र थाहादर्शनका महत्वपुर्ण पाटाहरु समेटेर चलचित्र निर्माण भएको हो । अमित किसोर सुवेदी र विकाश ढकालको संयुक्त लेखन निर्देशन रहेको चलचित्र दावनल क्रियसनले थाहायात्रासँगको सहकार्यमा निर्माण गरेको हो । यसका निमार्ता जागृत रायमाझी हुन् ।चलचित्रमा रुपचन्द्र विष्टको भूमिका अभिनेता दिब्यदेबले निर्बाह गरेका छन् नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका सय भन्दा बढि कलाकारको समेत चलचित्रमा अभिनय समेटिएको छ ।

वलिउडका छायाँकार शान्ता राओको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको चलचित्रको कथा निर्देशकद्धयले नै तयार पारेका हुन् । बिष्टको बिभिन्न पाटाको चारबर्ष अनुसन्धान पछि चलचित्रको कथा तयार पारिएको हो ।बर्षको अन्त्यतिर प्रदर्शनमा ल्याइने चलचित्रबाट २००० देखि २०५६ भित्रको देश बुझ्न जो कोहीलाई पनि सजिलो हुने निर्माण पक्षको दाबी छ । रुपचन्द्रको आफु चेला भएको हिसावले उनको जीवनसँग पनि जोडिएकोले ‘रुदाने बिद्रोहको नेपाली नाम’ निर्माण गरेको निमार्ता जागृत रायमाझीले बताए ।पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्तामाझ किंबदन्तीको रुपमा रहेका  रुपचन्दको जीवन र थाहादर्शन सम्बन्धित अनेकौ पाटा बाहिर ल्याउने उदेश्यले चलचित्र निर्माण गरिएको निर्देशक मध्यका एक अमित किसोरले बताए ।सधै सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने हिसावले चलचित्र निर्माण गरिएको अर्काे निर्देशक विकाशले बताए ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …