Wednesday , November 22 2017

रेखाको ‘रुन्द्रप्रिया’को यस्तो छ फष्टलुक

अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देल करिब ८ बर्षपछि एकसाथ अभिनय गरेको चलचित्र ‘रुद्रप्रिया’ फस्टलूक पोस्टर रिलिज भएको छ । अभिनेत्री रेखाले आफ्नो फेसबुक मार्फत पोष्टर सार्वजनिक गरेकी हुन् ।

रेखाकै ब्यानर रेखा फिल्मको ब्यानरमा निर्माण भएको ‘रुद्रप्रिया’को फष्टलुक पोस्टरमा रेखा केही भिन्न र रोचक देखिएकी छन् । पोस्टरमा रेखाको अनुहारको आधा छोपिएको छ । भने पोस्टरमा रेखाले आर्यनको हात समेत समाएकी देखाइएको छ ।


सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको ‘रुद्रप्रिया’ रेखाले नै निर्माण गरेकी हुन् । २ कार्तिकबाट अल नेपाल रिलिज हुने चलचित्रमा रेखा र आर्यनको मुख्य भूमिका रहेको छ । चलचित्रका गीतमा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । यसका कार्यकारी निर्माता एमके पौडेल हुन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …