Monday , August 21 2017

रोज बनिन मिस क्यालिफोर्निया

आकर्षक र्‍याम्पमा सुन्दरीहरु पालै–पालो क्याटवाक गदै निस्के ।  प्रतियोगिहरु सबै एक से एक देखिन्थे । सुरु देखि नै निर्णायक तथा दर्शकको नजरमा परिन रोज लामा ।निर्णायक पूर्व मिस नेपाल २०१३ इसानी श्रेष्ठ,  निरज बराल तथा इन्डिया मिस इन्टरनेशलन इसा अग्रवालले सोधेका प्रश्नहरुको चित्तबुझ्दो उत्तर दिदै अन्तत:  रोज लामाले मिस नेपाल क्यालिफोर्नियाको ताज पहिरिन । चहलपहल प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा  उनले आफ्ना ९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ताज जितेकी हुन् ।

कलाकार सन्दिप क्षेत्री तथा क्यालिफोर्नियाकी लोकप्रिय होस्ट निक्की पाण्डेको रमाईलो उद्घोषणसंगै  सुरु भएको प्रतियोगितामा प्रतियोगीहरु परिचय, प्रस्तुती, प्रश्नोत्तर राउन्ड हुदै आफ्नो क्षमता पस्केका थिए ।  क्यालिफोर्नियामा बसोबास गदै  आएका १८ देखि २९ वर्ष उमेर समुहका युवतीहरुले प्रतिस्पर्धा गरेको कार्यक्रममा डिप्ली पन्जु फस्ट रनर अप र सदिक्षा पोखरेल सेकेन्ड रनर अप बनिन । फेसन डिजाइनर शुभेच्छा भँडेल, अभिनेत्री नन्दिता केसी विशेष अतिथीको रुपमा रहेको यस कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीहरु समेत रहेका थिए । यस अघि पहिलो पटक २०१५ मा मिस क्यालिफोर्निया आयोजना भएको थियो ।

 

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …