Thursday , January 18 2018

‘लाल्टिन’ भर्सेस ‘आधा लभ’ : प्रियंका र दयाहाङसँग ऋचा र अर्पणको टक्कर

दर्शकले आजबाट ‘लाल्टिन’ र ‘आधा लभ’ गरेर दुई नयाँ चलचित्र हेर्न पाएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै चलचित्र एकसाथ देशभर प्रदर्शनमा आएका हुन् ।

‘लाल्टिन’

देब कुमार श्रेष्ठ निर्देशित ‘लालटिन’ दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, राज कटुवाल, जनक बर्तौला, अर्जुन जंग शाही, शिशिर भण्डारी, ए.गुरुङ लगायतका कलाकार अभिनित चलचित्र हो ।भानु प्रतापको प्रस्तुति रहेको चलचित्र व्यापारिक रुपमा सफल हुने दयाहाङ्ले बताएका छन् । चलचित्रको ‘विस्की’ बोलको गीत अहिले निकै चर्चामा छ । बिनोद ढकाल, सोमीया बराइली र किरण माइकलको आवाज रहेको गीतमा शब्द, संगीत बिनोद ढकाल र किरण माइकलकै रहेको छ । गीत कलाकार निर्जन थापा र प्रियंका कार्कीमाथि फिचरिङ गरिएको छ ।

‘आधा लभ’

ऋचा शर्माले निर्माण गरेको चलचित्र हो आधा लभ । राजधानीको अपार्टमेन्टमा बस्ने विभिन्न युगल जोडीको कथामा बनेको चलचित्रमा ऋचा शर्मा, अर्पण थापा, रोजिशा शाही ठकुरी, रेमनदास श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । आधा लभलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …