Tuesday , November 21 2017

लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिताः सुधा र सवीन बने विजेता

केही दिनदेखि उदयपुरमा भएको लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगितामामा सुधा राउत र  लिटल प्रिन्सेस र सुविन खड्काले लिटल प्रिन्सको उपाधि जितेका छन्। ग्ल्यामरस नेपालद्वारा शनिबार गाईघाटमा आयोजित प्रतियोगितामामा जितेका हुन्। क्यानभास एकेडेमी गाईघाटमा अध्ययनरत राउत र उदयसी बोर्डिङ स्कुल जलजलेमा अध्ययनरत खड्काले आफ्ना प्रतिभा, आकर्षक व्यक्तित्व र सुन्दरतालाई प्रस्तुत गरी उपाधि जित्न सफल भएका हुन्।

ब्वाइजतर्फ फस्ट रनरअप दीक्षित तामाङ (उदयसी बोर्डिङ¬), सेकेन्ड रनरअप सुशान राई (लालीगुराँस बोर्डिङ¬) र थर्ड रनरअप अनिस अधिकारी (पुष्पाञ्जली बोर्डिङ) ले जितेका छन् भने गल्र्सतर्फ फस्ट रनरअप प्रिति राई (उदयसी बोर्डिङ¬), सेकेण्ड रनरअप स्मारिका चौधरी (उदयसी बोर्डिङ¬) र थर्ड रनरअफ प्रकृति तामाङ (पिसजोन एकेडेमी) ले जितेको आयोजकले जानकारी दिएको छ। त्यसैगरी, जुनियरतर्फ दिया खड्का (प्याराडाईज)ले लिटल प्रिन्सेस र सनम चामलिङ (पिसजोन एकेडेमी)ले लिटल प्रिन्सको उपाधि हात पारेका छन्। जुनियरतर्फको गल्र्समा फस्ट रनरअप आयुसा तामाङ (प्याराडाईज), सेकेण्ड रनरअफ गरिमा तिम्सिना (सगरमाथा मोडेल स्कुल) र थर्ड रनरअप सलिना श्रेष्ठ (प्याराडाइज बोर्डिङ¬) भएका छन् ।ब्वाइजतर्फ फस्ट रनरअफ सुधन राई (उदयपुर मनकामना बोर्डिङ¬) भएका छन्। बेस्ट कल्चरल ड्रेस अवार्ड ब्वाईजतर्फ सुशान राई र गल्र्सतर्फ रिमाबुङ राईले पाएका छन्। त्यस्तै प्रतियोगीहरु विभिन्न सब टाइटलबाट पनि पुरस्कृत भएका हुन्। गल्र्सतर्फका विजेताहरुलाई ग्ल्यामरस नेपालकी सञ्चालिका कविताज्वयल श्रेष्ठ, निर्णायक समाजसेवी रम्मी केसी, मोडल तथा कोरियोग्राफर लक्ष्मी समाल, ड्रेस डिजाइनर धना लिम्बु, लिटल प्रिन्सेस इटहरी–२०१२ की विजेता अञ्जली श्रेष्ठ, मोडल अनुष्का कुमाल लगायतले ताज पहिरिदिनुका साथै शिल्ड तथा प्रमाणपत्र प्रदान गरेकी थिइन्। बालबालिकाको आकर्षक क्याटवक, परिचय, प्रश्नोत्तर लगायतका प्रस्तुतिले आकर्षक बनेको कार्यक्रमलाई लोकप्रिय गायक श्रीकृष्ण लुइँटेल (बोकेदारी) को प्रस्तुतिले झनै रौनकता थपेको थियो। विभिन्न सरकारी तथा नीजि विद्यालयहरुबाट छनोटमा परेका प्रतिष्पर्धीहरुलाई एक महिने बन्द प्रशिक्षण कार्यक्रममा सहभागि गराई विभिन्न विधामा प्रशिक्षण गराईएको थियो। उनीहरुलाई मोडलिङका साथै व्यक्तित्व विकास, आत्मविश्वास, अनुशासन, नैतिक जिम्मेवारी, बालअधिकार, पत्रकारिता, सुरक्षा, ट्राफिक सम्बन्धीको ज्ञानलगायत विभिन्न विषयमा प्रशिक्षित गरिएको थियो। नेपालको अधिकांश जिल्लामा कार्यक्रम गर्दै आएको ग्ल्यामरस नेपालको यस किसिमको कार्यक्रमले बालबालिकामा रहेका अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउनुका साथै प्रतिभा र क्षमताको विकास भएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका थिए।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …