Tuesday , November 21 2017

लुक्दै खिचियो प्रियंकाको फाटेको जुत्ता

सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, बर्षा राउत, रविन्द्र झा, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको चलचित्र  ‘फाटेको जुत्ता’ सकिएको छ । अर्जुन कुमारको निर्माण रहेको चलचित्र ३२ दिनमा सकिएको हो । विरगञ्जका विभिन्न स्थानमा चलचित्र छायाँकन गरिएको छ ।


बिरगञ्ज बन्दका कारणले जंगल भित्र लुकेर चलचित्र छायाँकन गरिएको निर्माता अर्जुनले बताए । मधेस बन्दका कारण चलचित्रको बजेट अनुमान गरिए भन्दा १५ लाख बढि लागेको निर्माता अर्जुनको भनाई रहेको छ । निकेश खड्काको निर्देशन रहेको चलचत्रि कमेडी जनरामा निर्माण गरिएको हो ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …