Tuesday , November 21 2017

विद्यार्थीको चित्रमा रमाउदै अभिनेत्री सिपोरा

चलचित्र ‘भइमान्छे’ युनिट बिद्यार्थीका चित्रहरुसँग रमाएका छन् । राजधानीको हनुमानढोका दरबार क्षेत्रमा युथकर्नर तथा काठमाडांै खेल मण्डलद्वारा संयुक्त आयोजित विधालय स्तरीय वृहतचित्र कला प्रतियोगितामा युनिट बिद्योर्थीसँग रमाएको हो । सोही क्रममा युनिटले अन्तरक्रिया समेत गरेको छ ।चलचित्रका निर्माता रोहिणी भट्टराई, निर्देशक नवराज बुढाथोकीसँगै कलाकारहरु रमेश बुढाथोकी, सिपोरा गुरुङ र सानु ताम्राकार अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।


कार्यक्रममा विधार्थीलाई तीन समुहमा विभाजन गरेर अन्तक्रिया गरिएको थियो । सोही अवसरमा बिद्यार्थीले चित्रकला समेत प्रस्तुत गरे । शव चिर्ने मान्छेको मनोविज्ञानमा आधारित चलचित्र नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।२ भादौमा रिलिज हुने चलचित्रमा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिन प्रजापति, बादल भट्ट, सशांक बोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । चलचित्र रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन् ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …