Sunday , January 21 2018

विमलको ‘फिरिरी’ मा मायाको रन्को

एक दशकअघि सङ्गीत क्षेत्रमा प्रवेश गरेका गायक विमल पराजुलीले दोस्रो गीति एल्बम ‘फिरिरी’ ल्याएका छन् ।शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिठानका कुलपति सरुभक्तले एल्बम लोकार्पण गरे । एल्बममा ‘तिमी उस्तै रुवाउने’, ‘आयो रन्को’, ‘बैगुनी हुँ भन्दाभन्दै’, ‘हिजोभन्दा आज धेरै’ लगायत गीत समाविष्ट छ । सबै गीतहरु प्रणयका विषयमा छन् ।गायक पराजुलीकै एकल संगीत रहेको एल्बममा प्रकट पगेनी, विजयराज पौडेल, रमेश सुवेदी, चिरञ्जीवी आचार्य र जय गौडेलको शब्द छन् ।

अनाम मण्डलीले रचनावाचन समूहको सहकार्यमा गरेको कार्यक्रममा गायक पराजुलीले केही गीत गाएर सुनाएका थिए । उनले आगामी एल्माब आउने राष्ट्रिय भावको गीत ‘फल्दैन सुन विदेशमा फर्कौं न अब त’ पनि गाएका थिए । सो क्रममा ‘तिमी उस्तै रुवाउने’ बोलको गीतको म्युजिक भिडियो प्रदर्शन समेत गरिएको थियो । भिडियोको निर्देशन रमेश बाबा नेपालले गरेका हुन् ।एल्बममा समेटिएका गीत र पराजुलीको गायकीबारे संगीतकार राजु सिंह, हरि लम्साल, साहित्यकार डा. देवी नेपाल, प्रभाती किरण लगायतले टिप्पणी गरेका थिए । पराजुलीले एक दशक अगाडि ‘युग’ नामक पहिलो गीति एल्बम निकालेका थिए ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …