Tuesday , November 21 2017

शरणार्थी बनेकी शिल्पाका दुःख र कष्ट

अभिनेत्री शिल्पा पोख्रेल अभिनित फिल्म ‘हामी शरणार्थी’ को बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । भदौ ८ गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्मकी नायिका शिल्पा नै कार्यक्रममा उपस्थित थिइनन् । भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा फिल्म निर्माण भएको उनको भनाई थियो ।

भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा फिल्म निर्माण भएको निर्देशक बिजय केरुङले जानकारी दिए ।फिल्ममा शिल्पासंगै जीवन भट्टराइको मुख्य अभिनय रहेको छ । फिल्मलाई अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा हिमाल केसीको एक्सन, उत्तमजंग लिम्बुको संगीत, कमल राइको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन रहेको छ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …