Tuesday , August 22 2017

शरद संग निशाको लगनगाँठो कसिने

सिने नगरी एउटा त्यस्तो क्षेत्र हो जसलाई सधै सवैले चासोको साथमा हेरेका हुन्छन्। अझ सेलिब्रेटीको हरेका सानो कुरालाई सवैले नियालिरहेका हुन्छन्। पछिल्लो केहि समयबाट नेपाली मिडियाले सेलिब्रेटीको प्रेम सम्बन्धका धेरै गसिपहरु पाईरहेका छन्। विशेष गरि कलाकारहरुको प्रेम सम्बन्धले पछिल्लो समय मिडियामा निकै राम्रो स्थान पाईरहेको छ।अभिनेत्री निशा अधिकारीलाई नेपाली चलचित्र बजारमा सहासी अभिनेत्रीको रुपमा चिनिन्छ।

सगरमाथा चढने देखि लिएर कपाल मुण्डन गर्ने बिषयले उनि चर्चामा रहिन्। पछिल्लो समय ‘झ्यानाकुटी’ निर्माण गरेकी निशा अधिकारी चलचित्र ‘पोखराकी काली’ को छायाँकानमा व्यस्त छिन्।यहि विचमा उनको विवहाको खबर बाहिरिएको छ। क्रिक्रेटर शरद भेषवाकर संग प्रेममा रहेकी निशाले असार १८ मा विवहा गर्ने खबर बाहिरिएको छ। निशा र शरदले सार्वजनिक रुपमा नै मिडियामा आफ्नो प्रेम स्वीकारेकी थिइन्।

निशा स्वयमले स्वीकार गरेको प्रेम सम्बन्ध केहि समय अगाडी उनले नै सकिएको घोषणा गरेकी थिइन्। निशाले पछिल्लो समय आफु सिंगल रहेको बताउदै आएकी थिइन्। तर भेष्वाकर संगको सकिएको भनिएको प्रेम यतिबेला निशाको मनमा फेरी जुर्मुराएको छ र यो चाडै नै विवहामा परिणत हुदैछ। बुझीएअनुसार असार १८ गते यी दुई विवहा गर्दैछन् र यसको तयारी दुवैतर्फबाट सुरु भैसकेको छ।जे होस् अहिलेसम्म मिडियामा लुकाउने प्रयास गरिएको निशा र शरदको प्रेम विवहामा परिणत हुदैछ। दुवैलाई सफल दाम्पत्य जीवनको शुभकामना.

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …