Tuesday , November 21 2017

शान्तिप्रियलाई राष्ट्रिय सम्मान,खडकालाई पुरस्कार, भोलालाई सम्मान

चलचित्र पत्रकारीता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले भब्य कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गरेको छ । हेटौडा रिसोर्टमा रात्रि भोज सहित आयोजना गरीएको कार्यक्रममा चलचित्र पत्रकारितामा लामो अनुभव संगालेका तथा संघका निवर्तमान अध्यक्ष शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो ।शाखा अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको थियो भने चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको विशिष्ट आथित्यता रहेको थियो । सम्मानित शान्तिप्रियलाई नगद ११ हजार १ सय ११ राशि सहित क्रमस सम्मानपत्र ,दोसल्ला र ढाकाटोपी लगाएर सम्मान गरेको थियो । यसैगरी पत्रकारिता पुरस्कार२०७४ मार्फत पत्रकार कपिल खड्कालाई पुरस्कृत गरिएको छ भने कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मान गरिएको हो ।

पत्रकार खड्का र कलाकार सापकोटालाई नगद राशी पाच पाच हजार सहित ताम्रपत्र ,दोसल्ला र ढाकाटोपी मार्फत पुरस्कृत गरिएको हो । संघले यसवर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानलाई थप गरेको छ । सम्मानित शान्तिप्रिय दुई दशक भन्दा लामो समय देखी निरन्तर पत्रकारीता गर्दै आइ रहेका छन् ।पत्रकार खड्का टिम टेलिभिजन हेटौडामा लामो समय देखी कार्यरत छन् भने उनी चलचित्र पत्रकार संघ मकवापनुरको कोषाध्यक्ष हुन् । कलाकार सापकोटा नेपालमा मात्र नभई विश्वभर हिन्दी चलचित्र बर्फी बाट चर्चामा आएका कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र कुम्भकर्ण प्रदर्शनको लागि तयारीमा छ भने उनि अभिनित आधा दर्जन नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् । संघले बर्षेनी कलासाहित्य र चलचित्र क्षत्रमा कलम चलाउने १ जना पत्रकार तथा मकवापुर बाट कलाकारिता क्षेत्रमा लागेका १ जना कलाकारलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ । संघले विगत ५ वर्षदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका एकजना चलचित्र पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । संघले यसअघि पत्रकार रामशरण दुलाल, मणिराज गौतम, प्रकाश दाहाल, श्रीराम दहाललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरीसकेको छ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …