Tuesday , November 21 2017

“शायद २” को ट्रे‌लर सार्वजनिक

सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठ लगायत कलाकार अभिनय सायद २ पुष्पराज न्यौपानेले लेखन तथा निर्देशन गरेका हुन् ।
प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रले नयाँ ट्रेलर ल्याएको छ । प्रचार प्रसारलाई तिब्र बनाउन चलचित्र युनिटले नयाँ ट्रेलर ल्याएको हो ।

सायदको सिक्वेलको रुपमा यो चलचित्र निर्माण भएको हो । सायदकै हाटइ दिलाउन आफु प्रचार प्रसारमा दिन रात लागेको निर्माता सुनिल रावलले बताए ।
यहि ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रले प्रेमकथा बिषयका रुपमा उठाएको छ । सार्वजनिक ट्रेलरबाट पनि यो अनुमान लगाउन सकिन्छ ।सुनिलको अलवा इश्वर श्रेष्ठ र सुभाष लामिछानेको समेत निर्माण रहेको चलचित्रमा राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …