Thursday , July 27 2017

शिवसँग योजनाले मागिन् अनमोल केसी

संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छन् । कृष्ण पौडेलको शब्द र गौरव दर्पणको संगीतमा उनले नयाँ गीत ‘यसपालिको तीजमा रुन्चे गीत गाउँदिन’ ल्याएकी हुन् ।


गीत भिडियो सहित सार्वजनिक भएको छ । भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिकाले अनमोल केसी जस्तो केटा आफ्ना लागि चाहिने बताएकी छन् । ‘ए शिबजी’, ‘नाचौन जस्ता’ तीज गीत मार्फत चर्चामा रहेकी योजनाको गीतको अहिले बजारमा राम्रो चर्चा छ । भिडियोमा गायिका पुरी आफै देखिएकी छन् ।

Check Also

अनमोलको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बलिउडमा

थोरै नेपाली कलाकार मात्र बलिउडमा जम्न सकेका छन्। यद्यपी बलिउडमा आफुलाई स्थापित गर्न धेरै नेपाली …