Tuesday , August 22 2017

शुक्रबार रिलिज हुँदै गरेको ‘सायद २’मा अनौठो प्रेम कथा

लभस्टोरीको भिन्दै कथा बोकेको ‘सायद २’ यहि शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । फिल्मले लभस्टोरीभित्रको पनि अलग कथा बोकेको छ ।फिल्म मेकर सुनिल रावलले कलेजको कथालाई यसअघिका आफ्ना फिल्महरूमा प्राथमिकता दिए पनि ‘सायद २’मा भने भिन्दै कथा बोकेर आएका छन् ।‘मेरा अघिल्ला फिल्महरूमा कलेजको कथा थिए’, रावलले भने, ‘सायद २ मा दर्शकले भिन्दै कथा र स्वाद पाउनु हुनेछ ।’ उनले भने, ‘सायद २ हेरेपछि त्यसको वास्तविकता थाहा पाइनेछ ।’सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठको रोमान्स रहेको ‘सायद २’का मुख्य कलाकार पनि यी नै हुन् । सुशील र स्यारोनको अलवा निशा कार्की, रुविना श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौला को समेत चलचित्रमा अभिनय देख्न सकिन्छ ।

 

‘सायद’को सिक्वेलको रुपमा चलचित्र निर्माण नभएको सुनिल रावलको दाबी छ । ‘सायद’ ब्यावसायिक सफल मात्र नभएर निर्माण कम्पनी दुर्गिस फिल्मस्को ब्यानर स्थिापित गर्न सफल चलचित्र पनि हो ।‘सायद २ पहिलो सिक्वेलभन्दा धेरै फरक छ’, निर्माता रावलले भने, ‘प्रेममा हुने सम्झौता लगायतका धेरै कुराहरू ‘सायद २’ मा देख्न सकिन्छ ।’लभ, रोमान्स, एक्सन र कमेडी सबै चलचित्रमा रहेको उनले बताए । पुष्पराज न्यौपानेले निर्देशन गरेको यो चलचित्र सिनेमेटोग्राफर राजु विक्रम थापा हुन् । चलचित्रको द्वन्द्व अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका छन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …