Tuesday , August 22 2017

शेरबहादुर प्रधानमन्त्री भएको बेलामा बन्न भयो ‘शेर बहादुर’ फिल्म

शेरबहादुर देउवा प्रधानमन्त्री भएको समय पारेर चलचित्र ‘शेर बहादुर’ निर्माण हुने भएको छ । मंगलबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणा भयो ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुरको जीवनमाथी न त यो चलचित्र बन्न लागेको हो । न यस चलचित्रले कुनै राजनीतिक बिषय नै उठाउने प्रयास गरेको छ । सिम्पल प्रेमकथामा बन्न लागेको चलचित्रले नाम मात्र शेर बहादुर  जुराएको हो । बलिउडमा समेत आफ्नो अभिनय कौसल देखाइ सकेका अभिनेता सुनिल थापाको केन्द्रीय भुमिका रहने चलचित्रमा कर्मा, मेनुका प्रधान, रविन्द्र झा, जानबी बोहोरा, प्रकाश श्रेष्ठ लगायत कलाकारको  समेत अभिनय रहने छ ।


धिराज प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुने चलचित्र आर राजबंशीले निर्देशन गर्न लागेका हुन् । राजबंशीको यो डेब्यु चलचित्र हो । पेशाले राजबंशी पाइलट हुन् । कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यलाई अतिथी बनाउदै चलचित्रको शुभसाइत समेत गरियो । अतिथी तथा चलचित्रका कलाकारले क्यामरा पुजा गर्दै चलचित्रको शुभसाइत  गरे । आजैबाट फ्लोरमा जाने चलचित्रमा ‘जात्रा’का निर्देशक प्रदीप भट्टराइले राजवंशीलाई निर्देशनमा सघाउने छन् । बसन्त श्रेष्ठको नृत्य, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र सलभ र किरण प्रधानको संगीतले चलचित्रमा रहनेछ । ३५ दिनको छायाँकन तालिका बनाएको चलचित्रमा ८० लाख निर्माण खर्च छुट्याइएको निर्माण युनिटले जानकारी दिएको छ ।

चलचित्र छिट्टै सकाउन एकसाथ दुईवटा क्यामरा प्रयोग गरेर छायाँकन गरिने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार हरिबंशले सुनिल थापाको अभिनय कौसलको प्रसंसा गर्दै उनको केन्द्रीय भुमिका रहने चलचित्र ‘शेर बहादुर’ राम्रो बन्ने अनुमान लगाए । अभिनेता सुनिल थापाले ‘चिनो’ चलचित्रले आफुलाई रातेकाइलाको पहिचय दिएको उल्लेख गर्दै बन्न लागेको चलचित्रले आफ्नो परिचय शेर बहादुर बनाइदिने बताए । थापाले चलचित्रको कथा राम्रो भएकोले अभिनयका लागि आफु उत्साहित भएको सुनाए ।निर्देशक आर राजवंशीले चलचित्र उत्कृष्ट बनाएर दर्शकलाई दिने आफ्नो प्रयास रहने बताए ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …