Wednesday , November 22 2017

सञ्चारकर्मीद्वय विनिता र मधुको ‘चोली टिमिक्कै’

हरिततालिका तीज कलाकारलाई मात्र नभई पत्रकारलाई पनि लागेको छ । यो कुरा पत्रकार मधु शाही र विनिता मरहट्टाले पुष्ट गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकका कलाकारको समाचार लेख्दै आएकी विनिताले अर्की कान्तिपुर दैनिककी कला पत्रकबार मधुको शब्दमा ‘चोली टिमिक्कै…’ बोलको गीत गाएकी छन् । यो तीज लक्षित गीत हो ।भनिन्छ, तीजमा चेलिबेटीले मनभरिका दुख, सुख, उत्वस र अनुभवहरु सामुहिक रुपमा नाचगान गरेर सुनाउने पर्वको रुपमा मनाउँछन् । विशेषगरी हिन्दु परम्परादेखि चलिआएको यस पर्वलाई पछिल्लो समय आधुनिकीकरण गर्ने होडबाजी चलेकोछ । जसले गर्दा तीज गीतको मौलिकता गुम्दैछ ।

यसैबेला समसामयिक विषय वस्तुलाई महशुस गर्दै पत्रकार मधु र विनिता मरहट्टाले तीज गीत ‘चोली टिमिक्कै ’ गीत तथा भिडियो सार्वजनिक गरेका छन् ।गीतमा चित्रकार ज्योतिप्रकाश विकेले संगीतमा विष्णु अधिकारीले एरेन्ज गरेका हुन् । त्यस्तै भिडियोमा विनिता, मधु संगै मुना पन्थले अभिनय गरेकी छन् । म्युजिक भिडियोलाई समुन सागरजंग केसीले निर्देशन गरेका हुन् भने सुरेश राउतले भिडियो सम्पादन गरेका छन् ।

 हेर्नुृस पत्रकारको चोली टिमिक्कै गीतको भिडियो:

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …