Wednesday , November 22 2017

सम्पदाको प्रेमको इशारा नाचे खेम

पाँचथर तारा रोजिना थाम्सुहाङले नयाँ गीत ‘एक ईशारा’ भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा मोडल सम्पदा बानियाँ र खेम सम्बहाम्फेको जोडदार अभिनय रहेको छ ।डिपि खनालका शब्दमा रहेको गीतको भिडियोमा प्रेमी प्रेमीकाको प्रेमालाप दर्शाईएको छ । यो गीतमा धनु ज्ञाङ्मीको संगीत रहेको छ । भिडियोको निर्देशन देव जंग थापाले गरेका हुन् ।


ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । भिडियोको छायाँकन मकवानपुरको कुलेखानीमा गरिएको छ । इस्ट कास्ट क्रियशनले भिडियो निर्माण गरेको यो गीतको अडियो ब्यवस्थापन डिएनपि म्यूजिक प्रालीले गरको छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …