Thursday , January 18 2018

सविनको बिदाईमा थामिएन भुवनको आँसु

शुक्रबार निधन भएका रंगपत्रकार सविन शाक्यको  शनिबार मध्यान्न पशुपति आर्यघाटमा अन्तिम बिदाई गरियो । शुक्रबार आफ्नै कोठामा घाटीमा पासो लगाएर आत्महत्या गरेको शाक्यको अन्तिम बिदाईमा सदाबहार अभिनेता भुवन केसी, दीपाश्री निरौला, दीपकराज गिरी, नवल नेपाल, निर्माता सुनिल थापा, बरिष्ठ कलाकार मोहन निरौला, निर्माता बितरक गोपाल कायस्थ लगायत चलचित्रकर्मीको उपस्थिती देखियो ।

भरत शाक्य, राजेश खनाल, बिदुर गिरी लगायत पुराना तथा नयाँ रंगपत्रकारको पनि भिडभाड नै थियो ।एक मिनेटको मौनधारणा सहित आयोजना गरिएको श्रद्धान्जली सभामा अभिनेता भुवनले शाक्यको शवलाई फुल मालाका अलवा आसुले समेत बिदाई गरे ।२०४४देखि मनोरन्जन बिटमा कलम चलाउदै आएका शाक्य अभिनेता भुवनका नजिकका मित्र पनि हुन् । भुवनको सल्लाकार र मार्ग दर्शकको रुपमा समेत शाक्य रहदै आएका थिए ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …