Monday , August 21 2017

साउन २३ मा एलजी सिने सर्कल अवार्ड

सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड २०७४’ साउन २३ गते हुने भएको छ । यसअघि साउन २२ गते गर्ने भनिएको अवार्ड सोही दिन म्यूजिक खबर म्यूजिक अवार्ड परेको कारण भोलिपल्ट सारिएको अवार्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए । गतबर्ष सम्माननीय उपराष्ट्रपतिको साथमा बलिउड अभिनेता एंव एम.एल.ए. सत्रुधन सिन्हादेखि उद्योगपÞती बिनोद चौधरीसम्मको ऊपस्थितिमा सम्पन्न भएको थियो । सिनेकर्मीको आशा एंव विश्वासको अवार्ड भएकोले सिनेकर्मी र संगीतकर्मी बाँडिन नदिन आयोजक कमीटिले मिति परिवर्तन गरी साउन २३ मा पु¥याएको आयोजक कमितिका अध्यक्ष डिसीले बताए ।यस बर्ष नेपाली चलचित्रमा निजि लगानी सुरु भएको एकाउन्नौ बर्षको महोत्सवको रुपमा यो अवार्डलाई मनाउने तयारी भइरहेको बताइए पनि कार्यक्रमको स्वरुप कस्तो हुन्छ भन्ने खुलेको छैन ।

यो वर्ष पनि केही नयाँ प्रारुप सहित हुन लागेको अÞवार्डलाई चन्द्रागीरी हिल्सले प्रस्तुत गरेको छ भने संधै झैं एलजीले टाईटल प्रायोजन गरेको छ । कार्यक्रमलाई आईएमई ग्रुपले मुख्य सपोर्ट गरेको बताईएको छ भने भाटभटेनी सुपर मार्केट, नेपाल टेलिकम र डिसहोमको प्रायोजन रहेको कार्यक्रम राजधानी स्थित आर्मी अफिसर्स क्ल्वमा हुनेछ । कार्यक्रममा प्रस्तुति दिने कलाकारको नाम प्रत्येक दिन एक जनाको नाम प्रकाशन गर्ने क्रममा कलाकार निर्देशक तुलसी घिमिरे, गायक राजेशपायल राई र कलाकार झरना थापाको नाम सार्वजनिक भईसकेको छ । कार्यक्रममा ४ पुस्ताका नेपाली कलाकारहरूको प्रस्तुति रहने बताईएको छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …