Monday , August 21 2017

सारालाई पहिलो गाँसमै ढुङ्गा

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रुद्र’की हिरोइन् हुन् सारा शेर्पाली । पहिलो चलचित्रमै एक्सन स्टार निखिल उप्रेतीसँग अभिनय अवसर पाएकी उनले यो चलचित्रबाट हिट हुने सपना समेत पालेकी थिइन् ।तर चलचित्रको ब्यवसायले उनको सपना पुरा गर्न नसक्ने देखिएको छ । शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘रुद्र’ले पहिलो र दोस्रो दिन जस्तो दर्शक अन्य दिन पाउन सकेन ।हुन त उनी रुद्र अगाबै अर्को चलचित्र ‘पिजडा ब्याक अगेन’ अभिनय गर्न सफल भएकी छन् ।

पिजडा ब्याक अगेन पनि उनी अभिनेता निखिलकै हिरोन बनेकी छन् । पिजडा ब्याक अगेन’ फरक कथा र फरक परिवेशमा बनेको चलचित्र भएकोले आफुलाई सफलता दिलाउन सक्ने उनले बताइन् ।त्यसो त कलाक्षेत्रमा रहेका केही अभिनेत्री जस्तो उनी चलचित्र अभिनयमा सिधै जम्प मारेकी पनि होइनन् ।  ‘मिस टिन नेपाल २००८’, केही म्युजिक भिडियो हुँदै चलचित्रमा भित्रिएकी उनले पहिलो चलचित्रबाट धेरै सिक्ने मौका पाएको बताइन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …