Thursday , August 17 2017

सारिका र घनश्यामको “एण्टिनामा”अन स्क्रिन रोमान्स

हास्य गायक श्रीकृष्ण लुर्इंटेल ‘बोकेदाह्री’ले ‘टुप्पी’को विषयमा लेखेको गीतमा चलचित्र निर्देशक घनश्याम तिमिल्सिना ‘एण्टिना’ र नायिका सरिका घिमिरेले अभिनय गरेका छन् । हास्य गीतक्षेत्रमा एकक्षत्र राज गरिरहेका ‘बोकेदाह्री’ले घनश्याम तिमिल्सिना ‘एण्टिना’कै लागि लेखेको गीतको राजधानीमा छायाँकन गरिएको हो । गीतको भिडियोमा सारिका र घनश्यामले अन स्क्रिन रोमान्स गरेका छन् ।संगीतकार नेत्र काफ्लेको सङ्गीत र एरेन्ज रहेको गीतमा सुदीप समर्पण रार्इको स्वर रहेको छ भने यसलार्ई महेन्द्र थापाले छायाँकन गरेका हुन् ।

गीत छिट्टै नै युट्युव मार्फत सार्वजनिक गरिने घनश्यामले बताए ।दर्जनौ चलचित्रबाट दर्शकको मन मस्तिकमा राज गर्न सफल नायिका सारिका घिमिरे म्युजिक भिडियोहरुमा पनि त्यतिकै ब्यस्त रहेकी छन् । हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेका हुन्छन् । उनको दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र हो साहित्यका झमक घिमिरेको कृतिमा आधारित ‘जीवन काँडा की फूल’ ।

 

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …