Sunday , August 20 2017

सिंगल नायिकाहरू जवान हुनुको रहस्य

तनावबाट नायिका सुष्मा कार्की यतिखेर जिरो फिगरमा देखिएकी छन् । कुनबेला भद्धा शरीर प्रदर्शन गर्ने सुष्माको शरीरमा निकै परिवर्तन आएको छ । स्लिम ज्यान बनाएर अझ सेक्सी बन्ने कसरत उनीबाट भएको छ । लामो समय प्रेमी नरेन शाहीसँग लिभिङ टुगेदरको रूपमा बसेर हाल छुट्टिएकी उनलाई छुट्टिनु अगाडि निक्कै तनाव भएको थियो । त्यो तनावबाट हाल मुक्त बनेको बताउने उनले आफू स्लिम भए यता शरीर एकदमै चंगाजस्तो भएको बताएकी छन् । कुसाइतको लभले बर्बाद पारेता पनि हाल हाँस्न जानेकोले सायद शरीरमा पनि परिवर्तन आएको हुनुपर्ने तर्क गर्ने सुष्मा चलचित्रमा भन्दा बढी विभिन्न कार्यक्रम तथा कन्सर्टमा व्यस्त बनिरहेकी छन् । त्यसको अलावा विभिन्न फोटोग्राफरका फ्रि फोटोसेसन अफरलाई भरमग्दुर प्रयोग गर्ने कार्य उनीबाट भइरहेको छ ।स्विमिङ पुलमा टुपिस पहिरनमासमेत मज्जाले फोटो खिचाएकी छन् । पब्लिकको अगाडि फोटोसुट गर्दासमेत कुनै पर्वाह नगरेकी उनले यसलाई स्वभाविक भनेकी छन् । कलाकार भएपछि जतापनि खुल्न सक्नुपर्दछ भन्ने अवधारणाकी उनी पहिला भद्धा ज्यानकै कारण अविवाहित भए पनि उनलाई कुमारी होइन भनेर कमेन्ट गर्नेहरूको कमी थिएन । हाल ती सबैले उनको स्लिम ज्यान हेरेर सुष्मा त क्या सेक्सी र भर्जिन रहेछ भन्न थालेका छन् । भद्धा तथा स्लिम ज्यानको कारणले पाएको दुई प्रकारको फरकफरक कमेन्टले उनी मक्खपरेकी छन् । सुष्मा कार्की जस्तै कुनैबेला एकाएक मोटाएकी नायिका महिमा सिलवाल पनि हाल आएर स्लिम बनेकी छन् । जिरो फिगरमा आएकी महिमा पहिला धेरै मोटाउनुको पछाडि आहारविहारमा वास्तै नगर्ने भएर हो भनेकी छन् । पहिला पाएसम्म मासु र बियर खान स्वाद मान्ने उनी यसबाट टाढा भएदेखि लाइफ पनि सुन्दर हुन थालेको उनको दाबी रहेको छ ।स्लिम बन्न मासुभन्दा सादा भोजन तथा कडा कसरत गर्ने गरेको खुलासा गर्ने महिमाले स्लिम बन्न थालेदेखि ज्यान पनि निकै हलुका हुन थालेको प्रतिक्रिया व्यक्त गरेकी छन् ।ज्यान मोटाउँदा सबैले ओइ मोटी भनेर कायल पार्नेहरू नै हाल आएर हाउ स्विट सेक्सी फिगर भन्न थालेको उनको भनाइ रहेको छ ।

कुनैबेला रातपरेपछि ब्लु फिल्म हेर्ने नराम्रो बानी आफूमा रहेको भएता पनि त्यो बानीमा निकै परिवर्तन गरिसकेको र हाल आएर त्यस्ता फिल्म हेरेर दिमाग खराब गर्ने कार्य आफूबाट नभएकोसमेत कसमै खाएर उनले भनेकी छन् । हाल विभिन्न चलचित्र तथा गीतका भिडियोमा अभिनय गरेर महिमालाई भ्याइनभ्याइ भइरहेको छ । त्यसले गर्दा पनि पैसाको लागि पहिला जस्तो परिवारको मुख ताक्न नपरेको बताउने उनी बिहेको विषयमा ५ वर्ष चुप लागेर बस्ने भएकी छन् ।अविवाहित भएता पनि कुमारी नभएको पहिला नै खुलासा गरिसकेकी उनले बिहे हुने पक्का भएपछि मात्र त्यसप्रकारको सम्बन्ध राख्नु राम्रो हुने अन्यथा आफूले जस्तो धोका पाउने रायसमेत दिन उनी चुकिनन् ।चलचित्र देउताकी नायिका सिर्जना बस्नेत पनि हाल चिटिक्क देखिएकी छन् । केही समययता सिंगल भएदेखि उनी स्लिम बनेकी हुन् । सिंगल भएयता पहिलाजस्तो तनाव नभएर शरीर हल्का भएको महसुस भएको प्रतिक्रिया उनको पनि रहेको छ । कुनैबेला चलचित्र निर्माता बिजु रंजितसँग विवाह गरेर फिल्मलाइनबाट लगभग टाढिएकी चालिसको दशककी प्रभावशाली नायिका बस्नेतको जवानी पहिलाभन्दा बलियो भएर देखापरेको छ । पहिलाभन्दा हाल उनी अझ राम्री देखिन थालेकी छन् ।‘देउता’ पछि ‘पृथ्वी’ लगायतका चलचित्रमा अभिनय गरेकी उनले बिजु रंजितसँग बिहे गरेपछि ‘गोठालो’ नामक चलचित्रमा मात्र अभिनय गरेकी थिइन् ।

त्यसपछि फिल्मलाइनबाट टाढा बनेकी उनी बिजुको दुःखद निधनपश्चात फेरि चलचित्र निर्देशक सुरेन्द्र शाहको सहयोगमा केही चलचित्रमा देखा परिन् ।शाहसँगको सम्बन्धमा दरार उत्पन्न भएपछि एकल प्रयासबाट थप २ वटा चलचित्रमा अभिनय गर्नुको अलावा एक चलचित्रको निर्देशन गर्ने कार्य गरिसकेकी छन् । १६ वर्षे एक जवान छोरोको आमा उनी आफूलाई उमेर घर्केजस्तो महसुस नभएको र बल्ल जवानी सुरु भएको भन्छिन् । फेरि अर्को बिहे गर्ने हो की भन्ने प्रश्नमा अब त्यस्तो गल्ती आफूबाट नहुने प्रष्ट पारेकी छन् । ८० कटेकी आमाको स्याहारमा हाल व्यस्तताकासाथ दिन काटिरहेकी उनले यसलाई आमाको सेवा भनेकी छन् ।चलचित्र निर्माता छविराज ओझासँग डिभोर्स गरेर अझ बोल्ड बनेकी बोल्ड नायिका रेखा थापा यो वर्षबाट ३२ वर्ष पुगेकी छन् । ३२ वर्ष पुगेपछि बल्ल बच्चाबाट जवान भएको महसुस भएको नायिका थापाले प्रतिक्रिया दिएकी छन् ।पहिला आफू बच्चाजस्तो भएको र खासै केही कुरा नजानेको बताउने उनले ३२ वर्ष लागेपछि बल्ल जिन्दगीको वास्तविकता महसुस भएको भनेकी छन् ।  पहिलो चलचित्र ‘हिरो’ देखि पछिल्लो चलचित्र ‘रामप्यारी’ सम्म पुग्दा जीवनमा धेरै उतारचढाव भोगेको नायिका थापाले बताएकी छन् । छविराज ओझासँगको १० वर्षे दाम्पत्य जीवनलाई छोडेकोमा पटक्कै आत्मग्लानी नभएको बताउने उनी डिभोर्सपछि अझ जवान भएको भन्छिन् । डिभोर्सपश्चात ‘काली’ र ‘हिम्मतवाली’ निर्माण गरेकी उनी चलचित्र ‘हिम्मतवाली’ बाट निर्देशकसमेत बनेकी छन् । हाल उनी आफैँले निर्माण गरेको पछिल्लो चलचित्र ‘रामप्यारी’ को प्रदर्शनको क्रममा रहेकी छन् ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …