Tuesday , August 22 2017

सिपोरा र रमेशबीचको प्रेम खुलासा

भलिवल खेलाडी सिपोरा गुरुङको अभिनयमा डेब्यु चलचित्र ‘भुइमान्छे’को नयाँ गीत रिलिज भएको छ । ‘जिन्दगी एउटा’ बोलको उक्त गीतमा अभिनेता रमेश बुढाथोकी विस्तारै विस्तारै सिपोराको मायामा फस्दै गएको देखाइएको छ । गीत हेर्दा चलचित्र भित्र रमेश र सिपोराको पनि रोमान्टिक कमेन्ट्री रहेको अनुमान लगाउन सकिन्छ ।गीतमा शब्द दयाराम पाण्डेको रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् । यस गीतलाई प्रमोद खरेलले गाएका हुन् । कविराज गहतराजको नृत्य गीतमा रहेको छ ।

चलचित्र शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्रालि र शैली थिएटरको प्रस्तुतिमा निर्माण भएको हो । पोष्ट मार्टम गर्ने मान्छेको कथा बनेको यो चलचित्रले उसको मनोविज्ञान देखाउने प्रयास गरेको छ ।चलचित्रमा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यन न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगायतको अभिनय रहेको छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …