Sunday , August 20 2017

सुन्दरी तर…”ब्युटी विदआउट ब्रेन”

करिश्मा मानन्धर अब अभिनेत्री मात्र रहिनन्, राजनीतिक नेतृ पनि हुन् । बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल पार्टीकी जिम्मेवार नेता हुन् उनी । त्यसैले अचेल फिल्मभन्दा राजनीतिक कार्यक्रममा सक्रियता देखिन्छ उनको । तर, स्थानीय निर्वाचनका दिन उनले फेसबुकमा यस्तो स्ट्याटस राखिन्, जसले उनको राजनीतिक कद घटाएको विश्लेषण गरिएको छ । पति विनोद मानन्धरले मतदाता परिचयपत्र नबनाइदिएको भन्दै आक्रोश पोखेकी थिइन् उनले ।

जहाँ लेखिएको थियो, ‘म काठमाडौँको नागरिकता भएको मान्छे उहाँसँग विवाह गरेपछि सप्तरी, राजविराजबाट मेरो नागरिकता मानन्धर थर राखेर परिवर्तन गरियो । म चुप लागेँ, सायद श्रीमान्कोमा राख्नुपर्छ होला भनेर । यत्रो वर्ष भयो, उहाँले मेरो भोटिङ कार्ड बनाइदिनु भएन ।’ उनले पतिलाई ‘तानाशाही’सम्म भन्न भ्याएकी छन् । यसपछि त के चाहियो, नाथे मतदाता परिचयपत्र बनाउन पनि पतिको भर परेको भन्दै उनको चर्को आलोचना सुरु भइहाल्यो । उनकै स्ट्याटसमै प्रतिक्रिया जनाउनेमध्येका धेरै को आशय छ, ‘ब्युटी विद आउट ब्रेन’ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …