Wednesday , November 22 2017

सृष्टि के.सीको जीवनीमा “ब्लाइन्ड रक्स”

डाक्टरको लापरबाहीका कारण १६ वर्षको उमेरमै आफ्नो दुवै आँखाको ज्योति गुमाएकी भक्तपुरकी सृष्टि केसीको जीवनीमा बेलायतमा नेपाली चलचित्र ब्लाइन्ड रक्स निर्माण भएको छ ।यो चलचित्र बेलायतमा ५ अगस्टका दिन रिलिज हुने भएको छ ।

रिलिजको पूर्वसन्ध्यामा यस चलचित्रको फस्ट लुक बेलायतबाटै रिलिज गरिएको छ । सृष्टि केसीको भूमिकामा नायिका बेनिशा हमाल रहेकी छन् । साथमा अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।निकेश लिम्बूको निर्माणमा तयार भएको यो बायोपिक चलचित्रको निर्देशन निर्देशक मिलन चाम्सले गरेका हुन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …