Wednesday , November 22 2017

सेलाइन् सुष्मा 

‘उध्रेको चोली…’ले लुटतिर सबैको ध्यान आकृष्ट मात्र गरेन, सुष्मा कार्कीको व्यस्तता ह्वात्तै बढाइदियो । ठमेलको डान्सबारमा खिचिएको उक्त गीतमा सुष्माले छोटा कपडामा निकै कामुकता पोखेकी छन्, त्यो पनि सौगात मल्ल, दयाहाङ राई, कर्मजस्ता गिनेचुनेका हिरोलाई आफूसँगै नचाएर । गीतमा मात्र नभई सार्वजनिक कार्यक्रममा पनि हट अवतारमा प्रस्तुत हुन थालेपछि सुष्माको माग ह्वात्तै बढ्यो । त्यसैले लुटपछिको आइटम गीतको बाढीको पहिलो फाइदा उनैलाई भयो ।

बिन्दास, बिन्दास २, मिसन खेलाडी, राजनीति, नेपथ्यलगायतका फिल्ममा आइटम गर्लका रूपमा फिचरिङ भइन् । एउटै गीतबाट दुई लाख रुपियाँसम्म पारिश्रमिक माग्न थालिन् । देश/विदेशमा हुने स्टेज सोबाट त्यत्तिकै अफर आउन थाल्यो तर विडम्बना ! आफ्नो ‘क्रेज’ बचाउन सुष्मा पूर्णत: असफल भइन् । विभिन्न व्यक्तिगत र व्यावसायिक लफडाले झन्–झन् ओरालो लाग्दै गइन् । आइटमको लहर चलेको यो समयमा समेत सुष्माको अत्तोपत्तो छैन । न त कुनै फिल्ममेकरले उनलाई नचाउन नै चाहेको देखिन्छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …