Sunday , October 22 2017

सौगातको प्रेमका रहेकी श्रृष्टीलाई अनमोलको साथले सफलता

बर्षाैंदेखि कलाका विभिन्न बिधामा क्रियाशील रहँदा पनि पुरस्कार पाउन नसकेका कतिपय सेलिब्रेटीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहँदा अभिनेत्री श्रृष्टी श्रेष्ठलाई भने पहिलो चलचित्रले नै सफलता दिलाएको छ । अर्थात् अभिनेत्री श्रेष्ठले पहिलो चलचित्रबाटै पुरस्कार थाप्न सफल भएकी छन् ।शनिबार साँझ राजधानीको हायात रिजेन्सी होटलमा आयोजित एनएफडिसी पुरस्कार समारोहमा श्रेष्ठले उत्कृष्ट नव अभिनेत्रीको पुरस्कार हात पारिन् । चलचित्र गाजलु अभिनयका कारणले उनलाई सो पुरस्कार दिइएको हो ।

पूर्व मिस नेपाल समेत रहेकी श्रेष्ठ गाजलुबाटै अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु चलचित्रमै युवा स्टार अनमोलसँग रोमान्स गर्ने अवसर पाएकी श्रेष्ठले गाजलु अभिनयबाट पनि दर्शकको मन जित्न सफल भएकी थिइन् । श्रेष्ठलाई गाजलुमा निर्देशक हेमराज बिसीले भित्र्याएका थिए ।गाजलुको रिल लाइफममा अभिनेता अनमोलसँगको प्रेम र रोमान्सका कारण चर्चामा रहेकी श्रेष्ठ रियल लाइफमा भने अभिनेता सौगात मल्लसँगको प्रेमका कारणले सधै चर्चामा रहने गरेकी छन् । पछिल्लो समय सौगातसँगको उनको भेटघाट मिडियाले कयौँ पटक समाचारको बिषय बनाएका छन् । श्रेष्ठ अहिले चलचित्र लाउरेमा अभिनयरत छिन् । यस चलचित्रमा उनले नरेन लिब्बुसँग रोमान्स रहेको छ । लाउरे सुनिल रावलले निर्माण गरेका हुन् । रावलको चलचित्र साय २ प्रदर्शनको तयारीमा छ ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …