Sunday , October 22 2017

स्मोकर बर्षा राउतको करामत

चलचित्र काफल पाक्योमा नायिका वर्षा राउत निक्कै नै ड्यासिङ्ग देखिएकी छन् । नायक जीवन लुइँटेललाई थर्काउनेदेखि लिएर नायकलाई कब्जामा लिएर नायकलाई नै ह्याण्डिल गरेर ज्यानदार अभिनय गरेकी नायिका राउतले धनाढ्य बाउको एकमात्र छोरीको भूमिका गरेकी छन् । जुन भूमिकामा शानदार स्मोक तथा ड्रिंक गर्ने कार्य उनीबाट भएको छ ।  उनको चलचित्रको कथाले मागेबमोजिमको स्वभाविक अभिनय देखिएको छ । डान्सरबाट चलचित्रको निर्देशनमा नयाँ रेकर्ड कायम गर्ने महिला निर्देशक सावित्री केसीको निर्देशन रहेको उक्त चलचित्रमा नायिका राउतको मुख्य भूमिका रहेको छ । यसो भए तापनि नायक जीवन लुइँटेलको मात्र गुनगान गाएको पाइदा उनी उपर अन्याय भएको प्रष्ट देखिएको छ ।


यद्यपि, उनी यसमा गुनासो गर्ने पक्षमा देखिएकी छैनन् । यो त चलचित्रको सफलता भन्न रुचाउंछिन् उनी । चलचित्र काफल पाक्योमा मज्जाले स्मोक गर्ने नायिका देखिए पनि वास्तवमा आफू स्मोकर नभएको पनि उनले भनेकी छन् । हुन त चलचित्र काफल पाक्योले व्यापारिक सफलता पाउन नसके तापनि अभिनयको हिसाबले वर्षाको अभिनय अब्बल तथा महिला निर्देशक सावित्री केसीको निर्देशनलाई पनि अब्बल मानिएको छ । नेपालमा चलचित्र काफल पाक्योले काफल पकाउन नसकेपछि विदेशमा यस चलचित्रको रिलिज पनि गरिएको छ । विदेशमा निक्कै मन पराएको निर्देशक केसीको दाबी रहेको छ । हुन त यस चलचित्रलाई अब मज्जाले युट्युबमा हेर्न पनि पाइने भएकोले वर्षाको करामत हेर्न सकिन्छ ।

 

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …